Nepali Front

स्वागतम्,
आदरणीय पाठकवृन्द,

नेपालको आधिकारीक नाम 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' हो । नेपाल दक्षिण एसियाली भुपरिवेष्ठित हिमाली राष्ट्र हो । २६.२२ देखि ३०.२७ उत्तर अक्षांश र ८०.४ देखि ८८.१२ पूर्वी देशान्तरसम्म फैलिएको यस राष्ट्रको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किल्लोमिटर छ, जो पृथ्वीको कुल क्षेत्रफलको ०.०३ % (प्रतिशत) र एसिया महादेशको ०.३ % (प्रतिशत) क्षेत्रफल ओगटेको छ । लण्डनस्थित ग्रिनविच मीन टाइमभन्दा पूर्वतर्फ रहेकाले गौरीशंकर हिमालको नजिक भएर जाने ८६.१५ पुर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट अगाडि मानिएको छ ।

नेपालको पूर्वी सिमाना मेची नदीदेखि पश्चिम सिमाना महाकाली नदीसम्मको औसत लम्बाई ८४५ कि.मि रहेको छ । उत्तरदेखि दक्षिणको चौडाई भने एकनासको नभएको र पूर्वी भागभन्दा पश्चिम भाग केही चौडा रहेको छ । त्यस्तै मध्यभाग भने केही खुम्चिएको छ, जसको अधिकतम चौडाई २४१ कि.मि. र न्युनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको औसत चौडाई १९३ कि.मि. रहेको छ । नेपालको पूर्व, पश्चिम र दक्षिण दिशातर्फ भारत छ भने, उत्तरतिर चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । नेपालका लगभग ८१ %  (प्रतिशत) हिन्दू धर्मावलम्बी नागरिकहरू छन्, यसर्थमा प्रतिशतको आधारमा, नेपाल विश्वकै सबैभन्दा बढी हिन्दू धर्मावलम्बी भएको राष्ट्र हो । यसबाहेक यस देशमा बौद्ध, इस्लाम, किराँत, ख्रीष्टियन, आदी धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबासो गर्ने गर्दछन् । एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ । यहाँ तराईका उर्वर फाँटको भेष र चिसा हिमालयका श्रृङखलाबद्ध मालाको कारण छुट्टै स्व-पहिचान बोकेर सुसज्जित पनि छन् । संसारका सबैभन्दा उच्च १४ हिमश्रृङखलाहरू मध्ये ८ वटा नेपालमा पर्दछन्,  जसमध्ये संसारको सर्वोच्च शिखरको अहम् पहिचान बोकेको (नेपाल र चिनको सिमानामा पर्ने) 'सगरमाथा' पनि एक हो, जसले नेपाल देशलाई संसारभरि नै प्रख्याति दिलाएको छ । नेपालको प्रमुख शहर, राजधाजी काठमाडौँ हो भने, जहाँ काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाहरूलाई पनि काठमाडौँ उपत्यका भनेर नै चिनिन्छ ।

नेपालमा बोलिने भाषाहरूको बिषयमा भन्ने हो भने, सन् २०११ मा नेशनल सेन्सस बोर्डले १२३ वटा भाषाहरूलाई सुचिकृत गरेको छ । साथै अन्य ६ वटा भाषाहरू पनि पत्ता लागेको कारण ती भाषाहरूलाई पनि स्थानिय मातृभाषाको रूपमा मान्यता दिने विषयमा विचाराधिन रहेको छ । यदि उक्त ६ वटा भाषाहरूले पनि औपचारिकता पाएको खण्डमा नेपालमा जम्मा १२९ वटा मातृभाषाहरू हुनेछन् ।

अहिलेको यस आधुनिक पुस्तामा विश्वको कुनैपनि कुनामा आँखा डुलायौं भने, प्राविधिक उपकरणहरूको ज्यास्ती उपयोग भएको देख्छौँ, तसर्थ नेपालमा कार्यरत विभिन्न संघ-संस्था वा समूहहरू—जससँग दर्शन मिल्छ, उहाँहरूसँगको सहकार्यमा “आवाज” ले सकेसम्म सबै भाषाहरूमा अडियो बाईबल निकाल्ने उद्देश्य बोकेर प्रार्थनासहित निरन्तर यस सेवामा अग्रसर भइरहेको छ । जस अनुरुप हालसम्म १५ वटा भाषाहरूमा अडियो बाईबल र सुसमाचारीय फिल्महरूको कार्यमा सफलता हासिल गरी उक्त अडियो बाईबल र सुसमाचारीय फिल्मसँग सम्बन्धित भाषी जातिहरूमाझ उक्त उपकरणहरू उपलब्ध पनि गराईसकेको छ । यहाँहरूले पनि यसलाई सुनेर र हेरेर आत्मिक लाभ उठाउँदै आ–आफ्नो मण्डलीमा चेलापनमा वृद्धि ल्याउनका लागि तथा सुसमाचारिय कार्यका लागि पनि प्रयोग गर्न सक्नुहुनेछ ।

यो साईटमा उल्लेखित बिषय बस्तु हेरी-पढी सकेपछि कृपया प्रतिकृया दिन नभुल्नु होला ।

धन्यवाद !

 

नि: शुल्क अनलाइन संसाधनहरू

“आवाज” ले सकेसम्म सबै भाषाहरुमा अडियो बाईबल निकालने उद्धेश्यका साथ निरन्तर सेवामा लागीरहेको छ । जस अनुरुप हालसम्म १५ वटा भाषाहरुमा अडियो बाईबल र सुसमाचारिय फिलिमहरु उपलब्ध छन् । यहाँहरुले पनि यसलाई सुनेर र हेरेर आत्मिक लाभ उठाउदै आ–आफ्नो मण्डलीमा चेलापन बृद्धि तथा सुसमाचारिय कार्यका लागि पनि प्रयोग गर्न सक्नुहुनेछ ।
       
Bible.is
Bible.is

बाइबल एप

Video file
Video Player is loading.
Current Time 0:00
Duration 0:00
Loaded: 0%
Stream Type LIVE
Remaining Time 0:00
mp4 (150px)mp4 (480px)mp4 (original size)
 
1x
  • Chapters
  • descriptions off, selected
  • subtitles off, selected

    Bible.is App

     

     

    मौखिक बाइबल अनुवाद

    हामी हाम्रो गतिविधिलाई विस्तार गर्नका लागि र हाम्रा गतिविधिहरू विस्तार गर्न मद्दत गर्न चाहने व्यक्तिहरूको लागि हामी सधैं बाहिर रहन्छौं। यदि तपाईं टीमको एक हिस्सा बन्न चाहानुहुन्छ जुन तपाईंको मुटु भाषामा श्रोतहरू उत्पादन गर्न काम गरिरहेको छ, वा अनुवादक वा भ्वाइस कलाकारको रूपमा केही अनुभव छ भने हामी तपाईंलाई तपाईंबाट सुन्न चाहान्छौं।

    यो साईटमा उल्लेखित बिषय बस्तु हेरी, पडी सकेपछि कृपया प्रतीकृया दिन नभुल्नु होला ।

    पोष्ट बक्स नम्बर: 8975 | ई.पि.सि: 531 | काठमाडौं, नेपाल

     
     
    सेयर गर्नुहोस्

    Your encouragement is valuable to us

    Your stories help make websites like this possible.