नेपालका आदिम जातिहरू मध्ये एक नेवार जाति पनि पर्दछ । जनसंख्याको हिसाबले एक सानो अल्पसंख्यक जाति भएता पनि नेपाल
देशको नाम, इतिहास तथा संस्कृति यस जातिसंग गाँसिएको छ । नेवार शब्दको शाब्दिक अर्थ नेपाल देशका बासिन्दा हो। यिनीहरूले बोल्ने भाषालाई नेवारी, नेवार भाषा आदि भन्ने गरिए पनि यस भाषाको औपचारिक नाम नेपाल भाषा हो।
नेवार जातिको विकास काठमाडौं उपत्यका र आसपासका इलाका गरी जम्मा १२ जिल्ला ओगट्ने क्षेत्रमा भएको हो। यो इलाकालाई नेपालमण्डल भन्ने गरिन्छ।
