छलफलका विषयहरू

के पैसाले मात्रै खुशी किन्न सकिन्छ?

पैसाले अस्थायी आनन्द प्रदान गर्न सक्छ, र निश्चित तनावहरू कम गर्न सक्छ। तर यसले दिगो आनन्द किन्न सक्दैन। येशू नै साँचो आनन्दको एक मात्र बाटो हुनुहुन्छ। साँचो र स्थायी पूर्ति येशू ख्रीष्टसँगको सम्बन्धबाट आउँछ। पैसाको आफ्नो ठाउँ हुन सक्छ, तर साँचो आनन्द येशूसँगको सम्बन्ध र उहाँ संगको आत्मिक यात्रामा पाइन्छ।


अधिक जानकारीको लागि यहाँ थिच्नुहोस्

म मेरो शोकसँग कसरी सामना गर्न सक्छु ?

 

हामीले दुःखको सामना गर्नु स्वाभाविक कुरा हो। यो मानवीय जीवनमा प्राकृतिक कुरा हो। यद्यपि, शोकमा रहनु पनि महत्त्वपूर्णको साथै आवश्यक कुरा पनि हो। यसले भविष्यमा हाम्रो दृष्टिकोण परिवर्तन गर्न र हाम्रो आत्म-समर्थन विकास गर्न सक्छ।


 अधिक जानकारीको लागि यहाँ थिच्नुहोस्   

के तपाई हराएको महसुस गर्दैहुनुहुन्छ ?

हराएको महसुस गर्नु जीवनको एक प्राकृतिक भाग हो, र कहिलेकाहीँ यसरी महसुस गर्नु ठीक छ। याद गर्नुहोस् कि तपाईं एक्लै हुनुहुन्न। किनभने परमेश्वरको पुत्र येशू ख्रीष्ट हराएकालाई खोज्‍न र बचाउन आउनु भएको हो।


अधिक जानकारीको लागि यहाँ थिच्नुहोस्

जीवनमा शान्ति कसरी प्राप्त गर्ने? 

 बाइबलले शान्तिको बारेमा विस्तृत रूपमा बताउँछ, दुबै परमेश्वरबाट उपहार र विश्वासीहरूको जिम्मेवारी हो। र परमेश्वरको शान्ति, जसले सबै समझलाई पार गर्दछ, ख्रीष्ट येशूमा तपाईंको हृदय र दिमागको रक्षा गर्नेछ। बाइबलले परमेश्वरलाई "शान्तिको प्रभु" भनेर उल्लेख गर्दछ (२ थेसलोनिकी ३:१६)। अन्ततः, सबै शान्ति परमेश्वरबाट आउँछ। 


अधिक जानकारीको लागि यहाँ थिच्नुहोस्

जीवनमा साँचो प्रेम के हो?

 बाइबलले प्रेमको बारेमा धेरै कुराहरु बताउदछ, जसले भावनाभन्दा पनि अगम रूपमा चित्रण गर्दछ। प्रेम धैर्य र दयालु छ; प्रेमले ईर्ष्या गर्दैन, घमण्ड गर्दैन; यो घमण्डी वा असभ्य हुदैन। येशू ख्रीष्टले सिकाउनुभएको दुईवटा महान् आज्ञाहरू मध्ये:“तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू र तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू।” 


अधिक जानकारीको लागि यहाँ थिच्नुहोस् 

जीवनमा खुशी कसरी हुने?

बाइबलले फिलिप्पी ४:४ मा "परमप्रभुमा सधैं आनन्द, फेरि म भन्छु, आनन्द गर" भनी बताउँछ। हामीलाई बारम्बार परमेश्वरको वचनमा आनन्द गर्न, परमेश्वरको अनुग्रह र कृपाको आशिषको लागि धन्यबाद दिन प्रोत्साहित गर्छ । साँचो आनन्द परमेश्वरसँगको सम्बन्ध र उहाँको इच्छा अनुसार जीवन बिताउनबाट आउँछ र यसले उद्देश्यपूर्ण जीवन जिउने र कठिन समयमा पनि आशावादी दृष्टिकोण कायम राख्नमा जोड दिन्छ। 


अधिक जानकारीको लागि यहाँ थिच्नुहोस् 

मैले चङ्गाई कहाँ  पाउन सक्छु?

चङ्गाई एक प्रकारको यात्रा हो तर गन्तव्य होइन, यसैले यसबाट भएर जाँदा अवश्य उतार-चढावहरूको सामना गर्नु पर्ने हुन्छ। यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा आफैलाई धैर्य र सहनशील पार्नु आवश्यक छ। बाइबलमा हेर्ने हो भने, परमेश्वरलाई चङ्गाईकर्ता भनी धेरै ठाउँमा चित्रण गरिएको छ। जस्तै प्रस्थान १५:२६ जस्ता पदहरूले परमेश्वरलाई रोगबाट छुटकारा दिने चङ्गाईकर्ताको रूपमा दाबी गरिएको छ, जबकि भजनसंग्रह १०३:२-३ ले रोगहरू निको पार्ने र पापहरू क्षमा गर्ने परमेश्वरको शक्तिलाई जोड दिइएको छ। 


अधिक जानकारीको लागि यहाँ थिच्नुहोस्

सेयर गर्नुहोस्

Your encouragement is valuable to us

Your stories help make websites like this possible.